एक चपरी जमिन पनि नभएका सुकुम्बासी हटाएर सरकारले गल्ती गर्यो : झलनाथ खनाल
काठमाडौँ, १५ वैशाख। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन्।
सुकुम्बासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्बासी भएको बताएका हुन्। नेता खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आलोचना गरे।
उनले अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने दाबी गरे। उनले सुकुम्बासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका सुर्खेत, दाङ, नवलपरासी, चितवन, मकवानपुर र उदयपुरमा सबैभन्दा भयावह रहेको उल्लेख गरे।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार
















