रास्वपाको संसदीय दलको बैठक बस्दै



काठमाडौँ, १६ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ।

अनौपचारिक रुपमा बोलाइएको बैठकमा पार्टीका सभापति रवि लामिछाने सहभागी हुने रास्वपाले जनाएको छ। रास्वपा संसदीय दलको कार्यालयमा विहान ११ बजे बस्ने बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरुलाई उपस्थितिको लागि रास्वापाले अनुरोध गरेकोछ।

सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन सिफारिस गरेपछि पार्टीभित्रैबाट विरोध हुन थालेको छ। रास्वपाले ती विषयलगायत सांसदका पछिल्ला भाइरल गतिविधिले आलोचना बढ्न थालेपछि त्यस्तो नगर्न सभापति लामिछानेले निर्देशन दिने समेत जनाइएको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्