अध्यादेशबारे कानुनविद्सँग परामर्श गर्दै राष्ट्रपति
काठमाडौँ, १७ वैशाख। सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन्।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार
















