कति छ तरकारीको मूल्य?
काठमाडौँ, १७ वैशाख। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज केही तरकारीको भाउ थोरै थपघट हुँदा कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५५, रातो आलु २४, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली २१, लाम्चो भन्टा ४१, डल्ले भन्टा ५१, हाइब्रिड मुला २० रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तनेबोडी ६७, लौका २५, घिरौँला ३५, लोकल परबल ६५, हरियो डल्ले फर्सी २५, पाकेको फर्सी ५७, भिन्डी ४८, कन्य च्याउ १९०, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ५३ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १००, सानो लोकल गोलभेँडा ६५, रातो आलु २५, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३५, स्थानीय काउली २५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, हाइब्रिड मुला २० रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी ६०, लौका २३, घिरौँला ३०, लोकल परबल ६५, हरियो डल्ले फर्सी २१, पाकेको फर्सी ५७, भिन्डी ५०, कन्य च्याउ १९०, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ६८ रुपैयाँ प्रतिकिलो थियो।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार
















