नेपालगन्जमा तीन करोडमा खरिद गरिएका नगर बस प्रयोगविहीन



नेपालगन्ज १७ वैशाख। नेपालगन्ज उपमहानगरपालिकाले साढे ३ करोडमा खरिद गरेका नगर बस प्रयोगविहीन भएका छन् । 

नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीलाई सुलभ यातायात सेवा दिने उद्देश्यले खरिद गरेका नगर बसहरू वर्षौंदेखि बसपार्कमा अलपत्र अवस्थामा थन्किएका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा कुल ३ करोड ५८ लाख ११ हजार ४१५ रुपैयाँ खर्चेर सात वटा बस खरिद गरिएको थियो । जसमा चार वटा ४१ सिटे र तीन वटा ३६ सिटे बस रहेका छन् । खरिद गरिएका ती बसहरू उद्देश्य अनुरूप सञ्चालन हुन सकेनन्  । 

लामो समयसम्म सञ्चालनमा नआउँदा कतिपय बसका पाटपुर्जाहरू समेत बिग्रिने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्