इरानी तेल किनेको आरोपमा ५ चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, चीन आक्रोशित



एजेन्सी । चीनले इरानबाट तेल खरिदमार्फत सहयोग गरेको आरोपमा अमेरिकाले पाँच चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्धलाई अस्वीकार गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकी प्रतिबन्धलाई “अस्वीकार्य” भन्दै चिनियाँ कम्पनी र संस्थालाई त्यसको पालना नगर्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ कि यस्तो प्रतिबन्धले चिनियाँ कम्पनीहरूको अन्य देशसँग हुने सामान्य आर्थिक तथा व्यापारिक गतिविधिमा अवरोध पुर्‍याउने र अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तको उल्लंघन गर्नेछ।

त्यस्तै, चीनको विदेश मन्त्रालयले एकपक्षीय प्रतिबन्धको विरोध गर्दै यस्ता कदमहरू संयुक्त राष्ट्र संघको अनुमतिबिना वैध नहुने स्पष्ट पारेको छ।

अमेरिकाले ती चिनियाँ कम्पनीहरूले “लाखौँ ब्यारेल” इरानी कच्चा तेल आयात गरेर तेहरानलाई अर्बौं डलरको राजस्व दिलाएको आरोप लगाएको छ। यसैबीच अमेरिकाले शनिबार थप एक चिनियाँ कम्पनीलाई पनि प्रतिबन्ध सूचीमा राखेको बताइएको छ, यद्यपि नाम सार्वजनिक गरिएको छैन।

यसै प्रसंगबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना चीन भ्रमणमा जाने तयारीमा रहेको समयमा नयाँ प्रतिबन्ध घोषणा भएको हो ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्