ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । खेल भर्खरै शुरु भएको छ ।

घरेलु मैदानमा भइरहेको शृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो ।

आठ टोली रहेको लिग–टुमा नेपाल २३ खेलमा १६ अङ्कसहित सातौँ, युएई २४ खेलमा १४ अङ्कसहित आठौँ र ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।

नेपालले लिग–२ कै खेलमा यही वैशाख २९ देखि तालिकाका शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्