Deshko News
१३ आश्विन २०८०, शनिबार

निशा अधिकारीले किन केश मुण्डन गरिन् ? तीन आशंका



मिसन पैसा, मायाज् बार, धुवाँ यो नशा, मुखौटो, पद्मिनीलगायतका नेपाली चलचित्रमा अभिनय गरेकी निशा अधिकारी एकाएक परिवर्तन होलिन् भन्ने सायदै सोचिएको थियो । उनको अभिनय जति रुचाइएको थियो, त्यति नै उनको कपालको चर्चा पनि सुनिन्थ्यो ।

महिलाका ३२ गुणमध्ये एक सुन्दर केश पूरै खौरिएर निशाले फेसबुकमा फोटो राखिन् । यसको कारण खुलेको छैन । तर, केही समयअघि अमेरिका पुगेकी निशाको कपाल मुण्डनबारे नेपालमा टीका–टिप्पणी सुरु भएको छ ।

फेसबुकमा भने उनले लेखेकी छिन्, ‘मैले मुन्डन भएको प्रत्येक क्षण आनन्द लिएँ । तपाईंले त्यही गर्नुपर्छ, जुन तपाईंको हृदयले चाहन्छ । कारण त्यति काफी छ ।’ त्यसमा प्रशंसा, आलोचना तथा जिज्ञासा गर्ने सयौँ छन् ।

बिहीबार साँझ दोस्रोपटक फेसबुकमा निशाले लेखेकी छिन्, ‘म कसैको दास होइन, स्वतन्त्र रूपमा बाँच्न चाहन्छु ।’ निशाले कपाल मुण्डन गर्नुअघि नै कपाल छोट्याएको फोटो पनि फेसबुकमै पोस्ट गरेकी थिइन् भन्दै अाजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तीन आशंका
फेसबुकमा आफ्नै स्वतन्त्रताका लागि कपाल काटेको निशाले बताए पनि नेपालमा उनका शुभचिन्तक तथा दर्शक उनको निर्णयबाट अचम्ममा परेका छन् । उनको कपाल मुण्डनबारे अनेक आशंका छन् । नगरिऊन् पनि किन, उनी सेलिब्रेटी हुन् ।

१. भेषवाकरसँग ब्रेकअप : दुई वर्षअघिदेखि निशा र नेपाली क्रिकेटर शरद भेषवाकरको प्रेमबारे चर्चा चुलिएको थियो । केही महिनायता भने उनीहरूको सम्बन्ध राम्रो नरहेको हल्ला चलेको छ । कतै यही त होइन निशाले कपाल मुण्डन गर्नुपर्ने कारण ?

२. हलिउडको सिको : कपाल मुण्डन गरेका हलिउडका हिरोइन प्रशस्त छन् । अमेरिकामै फिल्म निर्देशन अध्ययन गरेकी निशाको हलिउडकर्मीसँग संगत पनि होला । कतै यो कपाल मुण्डन त्यतैको सिको वा प्रभाव त होइन ?

३. स्वास्थ्यमा समस्या : कपालको स्वास्थ्यमा कुनै समस्या आए, कपाल मुण्डन गर्नुपर्छ भन्ने विश्वास नेपालमा छ । कतै निशाको सुन्दर कपालमा कुनै रोग लागेकाले काट्नुपरेको त होइन ? यस्तो बाध्यताले पनि उनले कपाल मुण्डन गरेकी हुन सक्छ ।

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News