मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
आजै अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दैछ ।
उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ मा बजेट ल्याउने छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार
















