एमालेको संसदीय दलको उपनेतामा पद्मा अर्याल
काठमाडौँ। नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ।
प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो।
संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेता बादलले नै अर्याललाई उपनेता मनोनीत गरेका हुन्।
प्रमुख सचेतक ऐन महरले सचिव अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको जानकारी दिए।
एमालेले यसअघि प्रमुख सचेतकमा महर र सचेतकमा निता घतानीलाई मनोनीत गरेको थियो।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार
















