सन्दीपले एकदिवसीय क्रिकेटमा बनाए कीर्तिमान, लिए १५० विकेट



काठमाडौं । नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । सन्दीपले भने ७३ खेलमा यो आँकडा पार गरेका हुन् ।

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको ९ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । स्कटल्याण्डसँग अहिले भइरहेको खेलमा ब्राण्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करियरमा आफ्नो १५० विकेट पूरा गरेका हुन् ।

सन् २०१९ जुन ६ मा वेस्ट इण्डिजसँगको खेलबाट ७७ खेल खेल्दै स्टार्कले कीर्तिमानी १५० विकेट पूरा गरेका थिए । सन्दीपले भने ७३ खेलमा यो आँकडा पार गरेका हुन् । सन्दीपले ३ वर्ष अघि ४२ खेलमा १०० विकेट पूरा गर्दै ४४ खेलमा रशिद खानले पार गरेको आँकडाको कीर्तिमान पनि तोडेका थिए ।

सन्दीप यसबीचमा ५० विकेट पूरा गर्न मात्र ३१ ओडिआई खेल लगाएका थिए । सन्दीपले नेपाल १ अगस्ट २०१८ मा नेदरल्याण्ड्ससँग खेलेको पहिलो ओडिआईमा डेब्यु गरेका थिए ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार