वेश्या बन्दै करिना कपुर


 


नायिका करिना कपुर फेरि एकपटक वेश्याको भूमिकामा देखिँदैछिन् । यसभन्दा अगाडि पनि करिनाले र तलाश नामक दुई फिल्ममा वेश्याको  भूमिका निर्वाह गरिसकेकी छन् ।

तलासमा करिनाको भूमिकालाई निकै मनपराइएको थियो । यसपटकको फिल्ममा करिनाको कस्तो भूमिकामा देखिन्छिन् त्यो त फिल्म आएपछि मात्रै थाहा हुनेछ ।

अंग्रेजी अखबार डिएनएका अनुसार राजकुमार गुप्ताको निर्देशनमा बन्न लागेको फिल्ममा करिना कपुरले एक वेश्याको भूमिका निर्पाह गर्नका लागि छनौट भएकी छन् ।

नयाँ फिल्ममा करिनाले स्किजोफ्रेनियाको सिकार भएकी युवतीको भूमिका निर्वाह गर्नेछिन् । यो थ्रिलर फिल्म इन्डियन पिनल कोड ८४ को वरिपरि द्दुम्नेछ जसको कारण मानसिक अस्वस्थ व्यक्ति अन्जानमा गल्ती गर्न पुग्दछ ।

यो फिल्मको सुटिंग छिट्टै नै आरम्भ हुने निर्देशक गुप्ताले जानकारी दिएका छन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित भएको बताएका छन् । एजेन्सी

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्