Deshko News
१४ आश्विन २०८०, आइतबार

सत्तारुढ दलबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप



काठमाडौँ, वैशाख ३१

नेकपा (एमाले) ले आज सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ ।

अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेखलगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्टीबाट भएका हिंसा तथा बुथ कब्जाको प्रयास भएको एमालेको आरोप छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरीत भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउने एमालेको ठहर छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News