संगीत र हाँसोको गुञ्जन कार्यक्रम पोखरामा सम्पन्न



काठमाडौँ, १७ जेठ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ता लिडरहरूका लागि आयोजना गरेको ‘संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरा’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

जेठ १३, १४ र १५ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा कम्पनीसँग आबद्ध १५० भन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पोखरा भ्रमण, फेवाताल अवलोकन, तालबाराही मन्दिरमा भजन कन्सर्ट, सांगीतिक साँझ तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा उनले राष्ट्रियस्तरका कलाकारहरूको सहभागितासहित आयोजित मनोरञ्जनात्मक कार्यक्रमले अभिकर्ता लिडरहरूलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले तालबाराही मन्दिरमा आयोजित भजन कन्सर्टले सहभागीहरूलाई आध्यात्मिक तथा सांगीतिक अनुभूति दिलाएको बताए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा समिक्षा अधिकारी र प्रकाश सपुत को सांगीतिक प्रस्तुति तथा सन्दीप क्षेत्री को मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । साथै पोखराका स्थानीय भजन समूहले तालबाराही मन्दिर परिसरमा भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले धन्यवाद ज्ञापन गर्दै भजन, गीतसंगीत र हास्य प्रस्तुतीले सहभागीहरूको भरपुर मनोरञ्जन भएको बताए ।

कम्पनीले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका लागि यस्ता मोटिभेसनल, रिफ्रेसमेन्ट र मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्