सरकारको कामप्रति असन्तुष्टि जनाउँदै शंकर पोखरेलले भने- यस्तो सुशासन चाहिँदैन



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

‘सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो। भो, यस्तो सुशासन चाहिँदैन,’ उनले लेखेका छन् ।

पछिल्लो समय एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति तथा सरकारको सुशासन, पारदर्शिता र जिम्मेवारीको विषयमा असफल भएको आरोप लगाउँदै सदन समेत अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्