विराटनगरद्वारा सन्दीप सहित ६ खेलाडी रिटेन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि विराटनगर किंग्सले टोलीका कप्तान सहित ६ खेलाडीलाई तेस्रो संस्करणका लागि रिटेन गरेको छ ।
मंगलबार विराटनगरले सामाजिक सञ्जालमार्फतत कप्तान सन्दीप लामिछाने सहितका ६ खेलाडीलाई तेस्रो संस्करणका लागि टोलीमा निरन्तरता दिएको जनाएको हो ।
विराटनगरको टोलीमा कप्तान सन्दीप, प्रतिश जिशी, बसिर अहमद, नारायण जोशी, लोकेश बम र सुवास भण्डारीले निरन्तरता पाएका हुन् ।
विराटनगरले ६ खेलाडीलाई निरन्तरता दिदाँ बाँकी ६ नेपाली क्रिकेटरलाई भने फुकुवा गरेको छ । फुकुवामा पर्ने खेलाडीहरुमा नरेन भट्ट, श्रवण किस्कु, शंकर राना, आयुष न्यौपाने, साहिल पटेल र सुर्य तामाङ रहेका छन् ।
पहिलो संस्करण छैटौं स्थानमा लिग सकाएको विराटनगरले दोस्रो संस्करणमा लिग चरणको यात्रा दोस्रो स्थानमा सकाएको थियो । नेपाल क्रिकेट संघ९क्यान० ले तेस्रो संस्करणको एनपिएलका लागि केही दिनमा नै अक्सनको मिती सार्वजनिक गर्ने जनाएको छ ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार











