हाल्यान्ड चम्किदा नर्वे नकआउटमा
काठमाडौँ। एर्लिङ हाल्यान्ड चम्किएपछि नर्वेले दोस्रो खेलमा सेनेगललाई ३–२ ले हराउँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार बिहान अमेरिकाको मेटलाइफ मैदानमा हाल्यान्डले दुई गोल गरेका थिए । एक गोल मार्कुस पेडेर्सनले गरेका हुन् । सेनेगलको लागि दुबै गोल इस्माइल सारले फर्काएका हुन् ।
नर्वेले पहिलो हाफमा १–० को अग्रता लिँदा दोस्रो हाफमा दुई गोल थपेको थियो । सेनेगलले पनि दुई गोल फर्काएको थियो । तर, नर्वेलाई रोक्न सकेन ।
लगातार दोस्रो जितपछि नर्वेले समूह ‘आई’ मा ६ अंक जोडेको छ । फ्रान्सको पनि समान ६ अंक छ । फ्रान्स गोलअन्तरमा शीर्ष स्थानमा रह्यो ।
सेनेगल र इराकले भने लगातार दोस्रो खेलमा हार बहोरेका छन् । यो हारपछि सेनेगलको नकआउट चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
बिहानै भएको खेलमा फ्रान्सले इराकलाई ३–० ले हरायो ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












