एनपीएलको तेस्रो सिजनको अक्सन जुलाई ६ मा हुने



काठमाडौँ, ८ असार नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको अक्सन जुलाई ६ मा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै एनपीएल अक्सनको मिति सार्वजनिक गरेको हो ।

क्यानका अनुसार अक्सनमार्फत तेस्रो संस्करणका लागि खेलाडी छनोट प्रक्रिया अघि बढाइनेछ । प्रतियोगिताको तयारीका लागि आवश्यक अन्य विवरण पनि क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्