रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध निर्वाचित




काठमाडौँ। रवि लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सभापतिमा उकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले उनलाई सभापतिमा निर्विरोध घोषणा गरेको जानकारी दिए। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहेका थिए।


केसीले राती १२ बजेसम्म केन्द्रीय सदस्यहरूको उम्मेदवारी दर्ता जारी रहने बताए। उनले भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने पनि जानकारी दिए।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्