पौडेललाई थप सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति



काठमाडौँ, ९ असार । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जरुरी पक्राउ पुर्जी स्वीकृति तथा अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्न अनुरोध गरेपछि विशेष अदालतले मङ्गलबार पहिलो पटक सात दिनको म्याद थप गरेको हो ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ ।

अदालतको आदेशपछि पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ । पौडेललाई सेयर कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्