मुग्लिङ-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा



चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्