नेपाली म्यूजिक भिडियोमा भारतीय मोडल (भिडियो सहित)


 


काठमाडौं, असार २०

नवोदित गायक श्याम कार्कीले आवाज दिएको ‘सकिन यो मनलाई ढाँट्न’को म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।
कार्कीको पहिलो एल्बम ‘दुई हजार पन्ध्र’ (२०१५) संग्रहित यस गीतमा राम सिटौलाको शब्द, संगीत रहेको छ । म्यूजिक भिडियोमा भारतीय मोडल रोशनीको अभिनय रहेको छ ।
विभिन्न पन्जाबी, हरियाणी गीततथा टेलिश्रृंखलाहरुमा अभिनय गरेकी रोशनी ‘सकिन यो मनलाई ढाँट्न’मार्फत् पहिलोपल्ट नेपाली भिडियोमा देखिएकी हुन् । रोशनीसँगै भिडियोमा गायक स्वयंले अभिनय गरेका छन् ।
विभोर पोखरेलको निर्देशन रहेको भिडियोमा जीवन थापाको सम्पादन रहेको छ । गायकका रुपमा उदाउनुअघि कार्की मोडलका रुपमा केही नेपाली म्यूजिक भिडियोमा देखिएका थिए ।

https://www.youtube.com/watch?v=N9d8uKlj8xg

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्