Deshko News
१३ आश्विन २०८०, शनिबार

सन् २०१७ मा सामुद्रिक बाटो हुँदै ६० हजार शरणार्थी युरोप पुगे



स्विट्जल्यान्ड, जेठ १२

अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले सन् २०१७ मा सामुद्रिक बाटोबाट युरोप पुग्ने शरणार्थी सङ्ख्या ६० हजार पुगेको जनाएको छ ।

यो सङ्ख्या गत वर्षको तुलनामा सामान्य कमी भए पनि अझै गरिबी र द्वन्द्वका कारण विभिन्न एसियाली मुलुक र अफ्रिकी मुलुकबाट खतरा मोल्दै सामुद्रिक बाटो हुँदै युरोप छिर्ने सङ्ख्यामा अपेक्षित कमी नआएको आईओएमले जनाएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार जेनेभास्थित संयुक्र राष्ट्रसङ्घीय निकायका अनुसार यस वर्ष युरोप छिरेकामध्ये अधिकांश अर्थात् ८० प्रतिशत आप्रवासी इटाली हुँदै युरोप छिरेका छन् भने बाँकी २० प्रतिशत ग्रीस, साइप्रस वा स्पेन हुँदै यहाँ आएका हुन् ।

आइओएमले सन् २०१७ को जनवरीदेखि अप्रिलसम्म युरोप छिर्ने क्रममा खतरा मोलेर यात्रा गर्ने क्रममा सामुद्रिक तथा विभिन्न जङ्गली क्षेत्रमा मृत्यु भएको छ ।

अधिकांशको भूमध्यसागरीय क्षेत्र लिबिया र सिसिलीको बीचमा मृत्यु भएको थियो ।

मृत्यु सङ्ख्या गत वर्षको सोही समयको तुलनामा केही बढी हो । सन् २०१६ जनवरीदेखि मे महिनाबीचमा एक लाख ९३ हजार ३३३ आप्रवासी युरोप छिरेका थिए भने एक हजार ३९८ जनाको मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News