Deshko News
१४ आश्विन २०८०, आइतबार

रसियाली हवाई आक्रमणमा १ सय २० आइएस लडाकुको मृत्यु



एजेन्सी
सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले जनाएको छ ।

रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे केही बताइएको छैन ।

साना न्यूज एजेन्सीले मेसिनगनले सुसज्जित ३९ वटा ‘पिकअप’ गाडी पालमिरातर्फ हिँडिरहेका बेला आक्रमण भएको बताइएको छ ।

सिरियाली सेना र यसको सहयोगी हेजबुल्लाह समूहलगायत रसियाली वायुसेनाले गरेको संयुक्त कारबाही सिरियाली सुख्खा क्षेत्रमा अवस्थित राजमार्गमा भएको र यसबाट सो क्षेत्रमा विद्रोही साह्रै कमजोर बनेको सिरियाली वसर अल असदको प्रशासनले जनाएको छ ।

प्रशासनले इराक र जोर्डन सीमालाई आइएसको उपस्थितिहीन अवस्थामा ल्याउन पछिल्लो कारबाही भएको बताइएको छ । रासस

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News