Deshko News
१६ आश्विन २०८०, मंगलबार

बाजुरामा भएको सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु



काठमाडौं, जेठ १६
बाजुराको कोल्टी विमानस्थलमा भएको नेपाली सेनाको विमान दुर्घटना पाईलट कैलाश गुरुङको ज्यान गएको छ ।

मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा एक प्राविधिक र एक महिला पाइलट घाइते छन्।

विमानस्थ देखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज उत्तानो पल्टिएको थियो ।

दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाईतेहरुको उद्धार गरेका छन ।

जहाजमा सवार चालक दलका दुई जना घाईतेलाई सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।

एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि नेपाली सेनाको सामान बोकेर उडेको थियो। सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाईभर्ट भएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News