संक्रमणकालीन न्याय आयोग गठन प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री गौतम



काठमाडौँ, ४ असार । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको बताएकी छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुर्‍याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताइन्।

उनले निःशुल्क कानुनी सहायतालाई प्रभावकारी बनाउन एकीकृत कानुनी सहायता विधेयक तयार भइरहेको र आगामी आर्थिक वर्षमा सङ्घीय संसदमा पेश गरिने जानकारी दिइन्। निःशुल्क कानुनी सहायता सेवाका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि उनले बताइन्।

मन्त्री गौतमले पूर्वाधारसम्बन्धी विवाद छिटो समाधान गर्न छुट्टै पूर्वाधार न्यायाधिकरण गठन गर्ने विषयमा अवधारणापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको र सम्बन्धित विधेयकको मस्यौदा तयार भइरहेको जानकारी दिइन्।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्