Deshko News
१६ आश्विन २०८०, मंगलबार

‘हटनेस’मा प्रियंकालाई पछि पार्दै दीपिकाले मारिन बाजी



मुम्बई

दीपिका पादुकोण र प्रियंका चोपडा अहिले हलिउड करियर बनाउनमै व्यस्त छन् । यी दुई हिरोइनलाई कैयौं पटक तुलना गरिएको पाइन्छ । तुनात्मक रुपमा प्रियंकाले बाजी मार्दै गइरहेकी छिन् ।

तर, मेक्सिको इंडिया म्यागेजिनले भने दीपिकालाई ‘हटेष्ट वुमन इन द वल्र्ड’मा प्रियंका भन्दा अगाडि राखेको छ । म्यागेजिनले दीपिका र प्रियंकाको नाम ‘हटेस्ट वुमन इन द वल्र्ड’ मा सामेल गरेको छ ।

जसमा विश्वका सबैभन्दा बढी सेक्सी १०० महिलाको नाम राखिएको छ । जहाँ दीपिकाले प्रियंकालाई पछारेकी छन् । यी दुई हिरोइनले हलिउड प्रवेश गर्ने वित्तिकै विश्वस्तरमा आफ्नो पहिचान कायम गरेकी छन् । प्रियंका चोपडाले हलिउडमा ‘क्वान्टिको’ बाट डेब्यू गरेकी थिइन् भने दीपिका पादुकोणले ‘दि रिर्टन अफ जेन्टर केज’ बाट । जहाँबाट यी दुई हिरोइन चर्चामा आइन् ।

यसबेला प्रियंका चोपडा आफ्नो पहिलो हलिउड फिल्म ‘बेवाच’ का लागि तयारीमा छिन् । ‘मेट गाला’ को होस् वा ‘हलिउड डेब्यू’ को कुरा होस् प्रियंका चोपडा र दीपिका पादुकोणको हटनेस बेला बेलामा प्रस्फुटन भइरहेको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News