Deshko News
१४ आश्विन २०८०, आइतबार

निकिता चन्दक बनिन् मिस नेपाल २०१७



मिस नेपाल २०१७ को उपाधी निकिता चन्दकले हात पारेकी छिन् ।  मोरङको उर्लाबारी घर भएकी उनले १९ प्रतियोगीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा चन्दकले मिस नेपालको ताज जितेकी हुन्।

उनलाई सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले ताज पहिर्‍याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्।

मिस नेपाल फस्ट रनर अपको उपाधि‍‍‍‍‍रोजिनना श्रेष्ठले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि निति शाहले जितिन्।

ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट निकिता चन्दक, पुपुलर चोइस निकिता चन्द, गोल्ड स्टार मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्‍यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्‍यासिफिक इन्टरनेशनल साहारा बस्‍नेत भएकी थिइन्।

काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर अन्तिम प्रतिस्पर्धी छानिएको थियो।

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News