Deshko News
१४ आश्विन २०८०, आइतबार

अमेरिकामा बेरोजगारी समस्या डेढ दशक यताकै कम, कतिमा झर्यो ?



वासिङ्टन (अमेरिका), जेठ २०

संयुक्त राज्य अमेरिकाको बेरोजगारी समस्या गत मे महिनामा विगत १६ वर्ष यताकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको श्रम विभागले शुक्रबार जनाएको छ ।

मे महिनामा रोजगारीका अवसर सिर्जनाको अवस्थामा भने निकै कमी देखिएको छ । अमेरिकी अर्थतन्त्र विकासका लागि गत महिनामा एक लाख ३८ हजार नयाँ रोजागरीका अवसर सिर्जना भएको विभागद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।

यो अमेरिकी अर्थबजार विश्लेषकद्वारा अपेक्षा गरिएभन्दा निकै कमी हो । मेमा बेरोजगारी समस्या झन्डै एक प्रतिशतले तल झर्दै ४.३ प्रतिशत कायम भएको छ । एएफपी

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News