डाक्टर बन्ने सन्नी कसरी बनिन् पोर्नस्टार ? यस्तो छ कहानी


 


एजेन्सी

सन्नी लियोनीको चर्चा भारतमा मात्र नभएर विश्वमा नै छ । भारतीय मूलुकी क्यानेडियन अभिनेत्री लियोनीको ‘चार्म’ कुनै अभिनेताको भन्दा कम छैन । सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए ।

किशोरावयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पुरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ ।

तिमी मोडलिङ किन गर्दिनौ ?’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् । कुरो ठिकै होजस्तो लाग्यो । सन्नीले सानो छदाँ पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो । युबा अबस्थामा उनलाई मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो ।

एकजना साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफर सँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ सुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’ ले फोटोसुटका लागि प्रस्ताव गर्याे । उनले भड्किलो पोजमा तस्बिरहरू खिचाइन् । त्यपछि उनलाई नग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन् ।

म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाइ पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन् । सन् २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’ कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि अनुबन्धन हुन सन्नीसमक्ष प्रस्ताव गर्यो । विभिन्न म्यागजिनका लागि नग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पोर्न इन्डस्ट्रीमा प्रवेश गर्न कुनै संकोच भएन । त्यसपछि उनी ‘भिभिड इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने पोर्न फिल्महरूमा धमाधम देखा पर्न थालिन् ।

 

यसरी मनाइन परिवारलाई

मुम्बई–पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई पोर्नस्टारलाई समाजले नायिकाको दर्जा दिँदैन भन्ने राम्रोसँग थाहा छ। पोर्नस्टारलाई समाजमा हेयका दृष्टिले हेरिन्छ भन्ने कुरा उनलाई राम्रोसँग हेक्का छ। यो सबै थाहा हुँदाहुँदै सनी आखिर किन पोर्नस्टार बनिन् ? सनीसँग के भएको थियो र उनले यस्तो कदम उठाइन?

सनी लियोनी अहिले लोकप्रिय बलिउड अभिनेत्री बनेकी छन्। केही दिन अगाडि बीबीसीले सय प्रभावशाली महिलाको सूचिमा सनीले आफ्नो स्थान पक्का गरेकी छन्। यो हुँदाहुँदै पनि यो पोर्नस्टारको ट्यागले जिन्दगीभर नछोड्ने उनलाई थाहा छ।

कुनै बेला सनी एक सामान्य युवती थिइन्। अश्लिल चलचित्रमा काम गर्ने बारेमा उनले सोचेकी समेत थिइनन्। तर सनीको सपना धेरै ठूला थिए। उनलाई काम कमाउनु थियो, पैसा कमाउनु थियो, यही कारण उनी अन्नतः अश्लिल चलचित्रकी नायिका बन्न पुगिन्। अश्लिल चलचित्रमा आउने कुरा उनले आफैंले निर्णय गरेकी थिइन्। उनी अश्लिल चलचित्रमा गएको कुरा उनको परिवारलाईसमेत जानकारी थिएन।

आफूले अश्लिल चलचित्र खेल्न थालेको कुरा सनी स्वयंले परिवारका सदस्यलाई बताएकी थिइन्। सनीका कुरा सुनेपछि परिवारका सदस्य छाँगाबाट खसेजस्तै भए ! परिवारका सदस्यले सुरुमा त विश्वास नै गरेनन्। तर जव सनीको कुरा सत्य भएको थाहा भयो, तव आफूले टेकेको जमिन भासिएको जस्तै अनुभव परिवारका सदस्यले गरे। परिवारका सदस्य यति क्रोधित भएकी सनीको अनुहार हेर्नसम्म चाहँदैन थिए।

एक अन्तर्वाताका क्रममा सनीले सो कुराको खुलासा गरेकी हुन्। आफू अश्लिल चलचित्रमा काम गरेको थाहा पाएपछि परिवारका सदस्यालाई मनाउन निकै ठूलो मेहनत गर्नुपरेको उनले अन्तरवार्ताका क्रममा सनीले खुलासा गरेकी छन्।

सनीका अनुसार पोर्न इण्डस्ट्रीमा विजनेशका रुपमा काम सुरु गरेकी थिइन्। ‘मैले परिवारका सदस्यको अनुमति विना पोर्न इण्डस्ट्रीमा काम सुरु गरेकी थिएँ, उनले भनिन्,‘यो मेरालागि व्यापार नै थियो। जब मैले पेन्टहाउस (एडल्ट इण्डस्ट्रीको लोकप्रिय म्यागेजिन) कवर अफ द इयर र एकलाख डलर जितेँ तव मात्रै मैले परिवारका सदस्यलाई यो विषयमा जानकारी दिएँ।’ उनले सुरुमा परिवारका सदस्य आफूसँग रिसाएको र आफूँले सम्झाएपछि स्थिति सामान्य भएको बताएइन् ।

विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्