दुतावासले नयाँ कामदार मागपत्रको स्वीकृति दिन बन्द गर्‍यो


 


मलेसिया, असार २१

नेपाल सरकारले मलेसियासहित खाडीका ६ देशमा कामदार पठाउँदा निशुल्क हवाइ टिकट र निशुल्क भिषा हुनु पर्ने निर्णय कार्यान्वयन गरेपछि मलेसियास्थित नेपाली दुतावासले नयाँ माग पत्रको स्वीकृति दिन बन्द गरेको छ ।

सरकारबाट मलेसियाका लागि कुनै पनि निर्देशिका र निर्देशन आइनपुगेकोले नयाँ स्वीकृति दिन बन्द गरेको दुतावासका सहायक राजदुत हेमलाल भट्टराईले बताए । भट्टराईले भने ‘सरकरले घोषणा त गर्‍यो  तर काम गर्ने निर्देशन चाहिँ दिएन ।’

छलफल बिना सरकारले गरेको शुन्य लागतको निर्णयले गर्दा मलेसियामा नेपालीको मागमा समेत कमी आएको भट्टराईले बताए ।नेपालबाट काम गर्ने निर्देशन पत्र नआएसम्मका लागि नयाँ नेपाली कामदार ल्याउने माग पत्रमा स्वीकृति नदिने उनले जानकारी दिए ।

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्