Deshko News
१६ आश्विन २०८०, मंगलबार

अन्त्येष्टि समारोहमै बिष्फोट, बग्यो रगतको खोलो



काबुल (अफगानिस्तान), जेठ २१

अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएकोे र १२ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि विष्पाटमा परीे कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले दिनुभएको थियो ।

हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विष्पोट गराएका काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनीतिज्ञहरुको आवासलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको थियो भने आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका थिए । एएफपी/सिन्ह्वा

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News