मिस नेपाल बनेकी निकिता चण्डक को हुन ?


 


मिस नेपाल २०१७ को उपाधी निकिता चन्डकले हात पारेकी छिन् । मोरङको उर्लाबारी घर भएकी उनले १९ प्रतियोगीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा चन्दकले मिस नेपालको ताज जितेकी थिईन।

अनिल र सुष्मा चण्डककी छोरी निकिताले भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरिन् । त्यसअघि उनी उर्लाबारीको मोरङ मोडल र पशुपति आवासीय माविमा पढ्थिन् ।

उनले बैंग्लोरस्थित जेडी इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीमा ग्राजुएसन गर्दै फेशन शोहरुमा सहभागी भइन् । उनले पुणे फेसन विक(२०१६, केरला फेसन विक २०१६, द विडिङ हाउस शो जस्ता फेशन शोहरुमा र्‍याम्प नापेकी छिन् ।

निकिता अभिनय र गायनमा सानैदेखि लगाव राख्ने गर्थिन । २२ बर्षीया नीकिताको उचाई ५ फिट ९ इञ्च छ ।

दी हिडेन ट्रेजरको आयोजनामा भएको २२औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्