बेलायतमा एकपछि अर्को हमला, २८ जनाको मृत्यु


 



एजेन्सी
बेलायतको राजधानी लण्डनमा शनिबार राति दुई अलग–अलग ठाउँमा भएका घटनाले विश्वका ध्यान केन्द्रीत भएको छ।

लण्डन ब्रिजमा एक अनियन्त्रि भ्यानले कैयौं पैदल यात्रुलाई ठक्कर दियो । घटनामा ६ जनाको मृत्यु भएको र करिब २० जना घाइते भएको खबर प्राप्त भएको छ। ब्रीजमा भएको सो घटनाले केही छिन ट्रेन समेत रोकिए । त्यसपछि भारी संखयामा प्रहरी परिचालन भए ।

दोस्रो घटना ब्रीज अगाडि भयो । जहाँ खाना खाइरहेका मानिसलाई एक जनाले चक्कु प्रहार गरे । मानिसहरुको भागदौड भयो । यो हमलामा २ जना घाइते भए ।

यी दुई घटनापछि लण्डन प्रहरीले यसलाई आतंकी हमला भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार हमलामा ६ मानिसको ज्यान गएको छ । हमलामा तीन जना हमलाकारी सामेल भएको प्रहरीले नाएको छ ।

यसअघि पनि २३ मे मा पनि बेलायतको म्यानचेस्टर अरीनामा यस्तै घटना भएको थियो । मशहूर अमेरिकी गायिका अरियाना ग्रैंडेको पप कन्सर्ट पछि त्यहाँ हमला भएको थियो ।

जहाँ २२ जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिइ । हमलामा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्