Deshko News
१६ आश्विन २०८०, मंगलबार

भारतको बरेलीमा बस र ट्रक आपसमा ठोकिदा भीषण आगलागी, १८ यात्रु जिउँदै जले



नयाँदिल्ली
भारतको उत्तरप्रदेश बरेलीमा आइतबार राति करिब १ बजे बस र ट्रक एक आपसमा ठोकिएर भीषण आगलागी भएको छ।

इन्वर्टिस विश्वविद्यालय अगाडि भएको आगलागीबाट १८ जना यात्रुको जलेर मृत्यु भएको भारतीय पत्रिका अमरउजालाले जनाएको छ। घटनाबाट कैयों घाइते भएका छन् ।

भीषण आगोलाई फायर ब्रिगेडले पनि नियन्त्रणमा लिन निकै गाह्रो भएको थियो । फायर ब्रिगेडको दुई गाडीले करिब आधा घण्टापछि मात्रै आगो नियन्त्रणमा लिएका थिए ।

आइतबार राति दिल्ली रोडवेजको गोंडा गइरहेको बस ‘बी साइड’ बाट बाइपास भइरहेको थियो । सोही बेला तीब्र गतिमा आइरहेको शाहजहांपुरको ट्रकसंग ठोकिएपछि दुर्घटना भएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News