भीषण आगलागी : कोही झ्यालबाट निस्के त कोही ढोकामै फसे, कोही कंकालमा सिटमै भेटिए


 



नयाँदिल्ली
भारतको उत्तरप्रदेशको बरेलीमा आइतबार राति भएको बस र ट्रक एक आपसमा ठोकिदा भीषण आगलागी भयो ।

जसले २६ जना जिउँदै जलेको अनुमान गरिएको छ । आगोलाई बल्लतल्ल नियन्त्रण गरियो । यात्रुलाई जल्दै गरेको देख्नुपर्यो । जब आगो नियन्त्रणमा लियो तब हेर्न नसकिने स्थिति देखियो ।

यात्रुहरुका जलेर कंकाल बनेका शब सिटमै भेटिए । कसैले झ्यालबाट हाम फालेर ज्यान जोगाउन सकेपनि कोही ढोकाबाट निस्किन प्रयास गरिरहेका बेला त्यहीँ जेले ।

पछाडिको सिटमा दुई बच्चाको साथ कंकाल भेटियो । जसले त्यहाँ माहोलमा झन सन्नाटा छायो । अहिले जलेका कंकालको डिएनए परीक्षणको तयारी भइरहेको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्