यी हुन् भाडाको कोख र टेस्ट्युवबाट बच्चा जन्माउने हलिउड र बलिउडका सेलिब्रिटी


 


बलिउड तथा हलिउडका यस्ता केही सेलेब्रिटी छन्, जसले सरोगेसी (भाडाको कोख) र आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन अर्थात् टेस्ट्युब) प्रविधिमार्फत बच्चा जन्माएका छन् ।

आमिर खान

हालका खुबै चलेका बलिउड अभिनेता आमिर खानले आफ्नी दोस्री पत्नी किरण रावमार्फत बच्चा जन्माउन सरोगेसीको सहारा लिए । यसबाट उनका छोरा आजादको जन्म भयो । त्यसो त आमिरकी पहिकी पत्नीबाट एक छोरा र एक छोरी छन् ।

शाहरुख खान

बलिउडका अर्का चर्चित अभिनेता शाहरुख खानका एक छोरा पनि सरोगेसी प्रविधिमार्फत पैदा भएका हुन् । शाहरुख खानका अभिनीत चलचित्र ‘ह्याप्पी न्यु इयर’बाट चलचित्रमा देखा परिसकेका अबरामको यो प्रविधिमार्फत जन्म भएको हो । शाहरुखका आर्यन र सुहाना नामका सन्तान पनि छन् ।

सोहेल खान

बलिउडका अभिनेता सोहेल खानले सन् २०११ मा सरोगेसीको सहाराले छोरा जन्माएका थिए । त्यसअघि सन् २००० मा उनकी पत्नी सचदेवले एक छोरालाई जन्म दिइसकेकी थिइन् ।

निकोल किडम्यान

हलिउड अभिनेत्री निकोल किडम्यानका दुई बच्चा सरोगेसी र आइभिएफ प्रविधिमार्फत जन्मिएका हुन् । सन् २००८ मा आइभिएफबाट किडम्यानकी छोरी भएकी थिई भने त्यसको दुई वर्षपछि सरोगेसीको सहायताले एक छोरा ।

सारा जेसिका पार्कर

हलिउड अभिनेत्री सारा जेसिका पार्करले पनि सन्तान जन्माउनका लागि सरोगेसीको मद्दत लिएकी छिन् । सन् २००९ मा यस प्रविधिमार्फत उनलाई जुम्ल्याहा छोरी प्राप्त भएका थिए । त्यसअघि उनका एक छोरा थिए ।

सेलिन डियोन

चर्चित क्यानेडेली–अमेरिकी गायिका सेलिन डियोनका सबै सन्तान आइभिएफ प्रविधिमार्फत भएका हुन् । सन् २०११ मा पहिलो छोराको जन्म भएको थियो भने त्यसको केही वर्षपछि सोही प्रविधिबाट जुम्ल्याहा छोरा भएका थिए ।

कोर्टनी कक्स

हलिउड अभिनेत्री कोर्टनी कक्सले पनि सन्तान जन्माउनका लागि आइभिएफ प्रविधिको सहारा लिएकी हुन् । यस प्रविधिबाट सन् २००४ मा छोरी भइन् ।

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्