भारतको राष्ट्रपतीय निर्वाचन जुलाई १७ मा हुने


 


नयाँदिल्ली, जेठ २४

भारतमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुलाई १७ तारिखका दिन अर्थात् साउन २ गते निर्वाचन हुने भएको छ ।

भारतको स्वतन्त्र निर्वाचन आयोगले जुलाई १७ का दिन निर्वाचन गर्ने बुधबार घोषणा गरेको हो ।

वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही जुलाई २४ तारिखका दिन सकिने भएकाले निर्वाचन घोषणा गरिएको आयोगले जनाएको छ । भारतमा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त नसिम जैदिले जुन २८ तारिखका दिन उम्मेदवारी दर्ताका लागि अन्तिम मिति तोकिएको जानकारी दिनुभयो । त्यसैगरी जुलाई १ तारिखमा उम्मेदवारी फिर्ता गर्न पाइने निर्वाचन तालिका बनाइएको छ ।

जुलाई १७ तारिखका दिन मतदान भएपछि मतगणना भने जुलाई २० तारिखका दिनदेखि मात्रै गर्ने आयोगको तयारी छ । सिन्ह्वा

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्