Deshko News
१३ आश्विन २०८०, शनिबार

महानायक राजेश हमाललाई जन्मदिनको शुभकामना !



महानायक राजेश हमाल आज आफ्नो ५३ औं जन्मदिन मनाईरहेका छन् ।  वि सं २०२१ साल जेठ २६ मा पाल्पाको तानसेनमा जन्मेका नायक हमाल चलचित्र ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा प्रबेश गरेका थिए ।

स्व निर्देशक दीपक रायमाझी निर्देशित उक्त चलचित्र अत्याधिक सफल भयो भने नेपाली सिने क्षेत्रमा हमाललाई नया फेवरको रुपमा स्वीकार गरियो । त्यस यताका २ दशक राजेशले पछाडि फर्किएर हेर्नु परेन ।

हमालले ‘कसम, गोरेटो, अपराध, परिभाषा, देउता, भाउजु, बसन्ती, अल्लारे’ लगायत दुई सय बढी चलचित्रमा अभिनय गरेका  छन् ।

३ वर्षअघि मोडल मधु भट्टराइसँग विवाह गरेका हमाल पछिल्ला दिनहरुमा देश बिदेशमा हुने स्टेज कार्यक्रमहरुमा व्यस्थ छन् । महानायक हमाललाई जन्मदिनको शुभकामना !

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News