एकमुखे रुद्राक्ष छ भनेर ठगी गर्ने पक्राउ


 


इनरुवा,असार २२
सुनसरीको कोसी कटान क्षेत्रमा ठगी गर्ने दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इनरुवा–३ बस्ने २५ वर्षीय सज्जाद मियाँ र २४ वर्षीय रज्जाक मियाँ रहेका छन्।
आफूसँग एक मुखे रुद्राक्ष छ भन्दै सर्वसाधारणलाई ठगी गर्ने दुई जनालाई रुद्राक्षसहित सोमबार साँझ कोसी कटान क्षेत्र श्रीपुरजब्दी–६ बाट पक्राउ गरिएको हो।

उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताए। रासस

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्