Deshko News
१३ आश्विन २०८०, शनिबार

इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ



तेहरान, जेठ २७

इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट (आइएस)का दर्जनौ ‘जासुुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार यहाँ भएको आक्रमणको जिहादी समूहले जिम्मेवारी लिएको थियो भने १७ जनाको मृत्यु भएको थियो ।
गृह मन्त्रालयले ४१ जना शङ्कास्पद व्यक्तिलाई इरान र टर्कीको सिमानामा पर्ने पश्चिम अजरबैजान, कुर्दिस्तान र केरमान्शाहबाट पक्राउ गरिएको जनाएको छ ।

शङ्कास्पद ती व्यक्तिहरुलाई प्रहरीले आइएस समूहसँग आवद्धता रहेका इरानी विद्रोही ‘एजेण्ट अफ डाईस’ भनेको छ ।

गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा आतङकबादी गतिविधिका लागि उनीहरुले प्रयोग गर्ने कागजपत्र र सरसामानहरु पनि नियन्त्रणमा लिएको जनाइएकोे छ । एएफपी

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News