बलिउड अभिनेतृ कंगनामाथि चोरीको आरोप, प्रहरीमा मुद्दा


 



मंबई
बलिउड अभिनेतृ कंगना रनौतमाथि चोरीको आरोप लागेको छ । फिल्म डायरेक्टर केतन मेहताले उनीमाथि फिल्म स्किृप्ट चोरी गरेको आरोप लगाएका हुन् ।

उनले कंगना विरुद्ध प्रहरीमा मुद्दा दायरसमेत गरेका छन् । केतनले मुम्बई प्रहरीमा कंगना विरुद्ध उजुरी दिँदै ९ करोड बराबरको चारी भएको खुलाएका छन् ।

के हो घटना ?
केतनले रानी लक्ष्मीबाईमाथि जून २०१६ मा फिल्म बनाउने घोषणा गरेका थिए । त्यो बेला कंगना पनि सोही फिल्मकी हिस्सा थिइन् । उनलाई पनि सो फिल्मको कहानी दिइएको थियो । केही समयपछि उनीहरुबीच मनमुटाव भएपछि कंगना बाहिरिएकी थिइन् ।

त्यसपछि कंगनाले आफ्नै होम प्रोडक्शन फिल्म ‘मणिकर्णिका’ को घोषणा गरिन् । जनु फिल्मको स्किृप्टमा आफ्नै फिल्मको कहानी प्रयोग भएको केतनले आरोप लगाए । कंगनाले भने दुई फिल्मबीच कुनै समानता नभएको बताएकी छन् ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्