Deshko News
१६ आश्विन २०८०, मंगलबार

माओवादी केन्द्र भोजपुरमा भुँइचालो, इलाका इन्चार्ज नै एमालेमा प्रवेश



भोजपुर, जेठ २८
चुनावी मुखमा एकिकृत माओवादी केन्द्र भोजपुरमा भुँइचालो गएको छ । पार्टीका इलाका इन्चार्ज नै एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र भोजपुरलाई ठूलो धक्का लागेको हो ।

माओवादी केन्द्र भोजपुरका सचिवालय सदस्य एंव इलाका इन्चार्ज भूमिलाल राई माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

राईसँगै माओवादी केन्द्रका ३५ जना एमालेमा प्रवेश गरेका हुन् । हतुवागढी गाउँपालिकाको वडा नं ९ हसनपुरमा एमालेको चुनावी सभामा उनिहरुलाई एमाले पोलिटव्युरो सदस्य शेरधन राई, जिल्ला पार्टी अध्यक्ष एंव यस गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमकुमार राईले अविर माला लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News