जुन सडकमा गाडीमा ‘लिफ्ट’ माग्छन् भूत, भाडा माग्दा यस्तो हर्कत


 



एजेन्सी
हामीले डरलाग्ने कथा र फिल्महरु हेर्ने गरेका छौं । कसैले डराउने यथार्त पनि सुनाउने गर्छन् । त्यस्तै, एक यथार्त छ जहाँ खुलेआमा भूत घुम्छन् र ट्याक्सी ड्राइभरलाई लिफ्ट माग्छन् । त्यो कुरा ड्राइभरलाई भने थाहा हुँदैन ।

लिफ्ट दिएपछि घटना हुने गर्छ । अनि मात्रै थाहा हुन्छ कि लिफ्ट दिइएको मानिस भूत हो भनेर । २०११ जपानमा आएको एक सुनामीमा हजारौं मानिसले ज्यान गुमाए । केही मानिस अझै पनि बेपत्ता छन् । सुनामीमा मारिएका मानिस अझै पनि देखिने गरेको बताइन्छ ।

सायद सोही मानिस हुनुपर्छ भूतको रुपमा आउने । भूतलाई लिफ्ट दिएपछि उनीहरु अर्कै करामत गर्छन् ।

यहाँ १० भन्दा बढी ट्याक्सी ड्राइभरसंग गरिएको कुराकानीमा उनीहरुले आफूसंग भएको घटनाको बारेमा खुलासा गरेका थिए ।

एक ट्याक्सी ड्राइभरकाअनुसार उनले लिफ्ट दिएकी एक महिला केही छिनपछि गाडीबाट एक्कासी अराएकी थिइन् ।

त्यस्तै, अर्का एक ट्याक्सी ड्राइभरका अनुसार कसैले लिफ्ने मागे तर, भाडा माग्ने बेला एक्कासी हराए । कुनै ड्राइभरले भने त्यो ठाउँमा कसैले लिफ्ट मागेको बेला गाडी आफै गलत दिशामा समेत जाने गरेको बताएका थिए ।

घटनाहरु बढ्दै गएपछि त्यो क्षेत्रमा ट्याक्सी आवतजावत कम हुँदै गएको छ । जहाँ आज पनि दर्जनौं कार दुर्घटनाग्रस्त भएका छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्