Deshko News
१६ आश्विन २०८०, मंगलबार

राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसद निलम्बनमा



लुसाका (जाम्बिया), जेठ  ३१

राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले मङ्गलबार जनाएको छ ।

राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि गरेको संसदको सम्वोधनमा प्रतिपक्षि दल यूपीएन्डीका सांसदले विरोध स्वरुप बहिस्कार गरेका थिए । “मैले राष्ट्रपतिको सम्बोधन बहिस्कार गर्ने ४८ सांसदलाई ममाथि निहित कानूनी अधिकारको प्रयोग गरी ३० दिनका लागि निलम्वन गर्ने निर्णय लिएको छु,” सभामुख प्याट्रिक मातिविनीले मङ्गलबार सञ्चारकर्मीसँग बताउनुभयो ।

निलम्बनमा परेका प्रतिपक्षीदल पार्टी फर युनाइटेड नेसनल डेभलपमेन्ट (यूपीएनडी) का नेता हाकुन्दे हिचिलेमाले आफ्ना सांसदविरुद्ध गरिएको कारबाहीप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “अझ पनि कसैलाई निरङ्कुश शासनका विषयमा शङ्का छ भने संसदले आफ्ना सांसदमाथि गरेको घटनाको बिष्लेषण गर्नुहोस् । ”

प्रजातान्त्रिक अभ्यासअनुसार संसदमा उपस्थित हुने नहुने आफ्नो दलको निर्णय भएको भन्दै उहाँले सांसदलाई संसदमा विरोध जनाउन अनुपस्थित भएको घटनामा कारबाही गरिनु कहाँको प्रजातन्त्र हो भनी उहाँले प्रश्न गर्नुभयो ।

सन् १९९१ मा प्राप्त प्रजातन्त्रलाई जोगाउने बेला आएको छ र यसका लागि जाम्बियाली जनताले आफ्नो दललाई सघाउने छन्, हिचिलेमाले सञ्चारकर्मीलाई बताउनुभयो । एएफपी

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News