भोजपुरेको भोट मनोजलाई


 


भोजपुरको उर्वर माटोले विभिन्न विधामा भोजपुरे व्यक्तित्वहरुलाई उच्चकोटीमा पुर्‍याउँदै आइरहेको छ ।

पछिल्लो समयमा गीत संगित विधा गायन प्रतियोगितमा नेपाल आइडलको भोटिङ राउण्डको १८ औ स्थानमा पुगेका मनोज थापा मगर भोटको प्रतिक्षामा बसिरहेको छन् ।

यो समयमा भोजपुरबासीले १ भोट यीनै मनोज थापा मगरलाई हाल्ने निर्णयमा पुगेका छन् । भोजपुरेहरु हरेक तह र तप्काबाट कहिल्यै पनि पछि पर्नु नपरेको ज्वलन्त उदाहरण बनेका छन् मनोज थापा मगर ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका (साविक धोदलेखानी-९) मा बालापन बिताएका मगर गीत संगितमा सानै देखि होमिएका थिए ।

बालापनमा साथिभाईसँग खेल्दा होस् या गाइगोठालो जाँदा उनी गीत संगितमै रमाउने गर्दथे ।

गोल्मेभिरको टाँकुरामा बसेर सुसेली सँगै वनपाखामा चरीको चिरविरलाइ संगित सम्झदै उनले गाएका गीतहरु वनपाखा नै गुन्जायमान हुने गर्दथ्यो भने हाट बजार अनि हुर्वु डाँडा हुँदै सप्तमी बजारको खोल्टीटारमा गाएका गितले धेरै श्रोताको मन जित्न सफल भएका मगर आज नेपाल आइडलको मजेरीमा पुग्न सफल भएका छन् ।

भोजपुरमा जन्म लिएकाहरुले खुलेर भोजपुरे हुँ भन्न हिच्किचाउने दिन समाप्त भएको छ । भोजपुरको मलिलो माटोमा जन्मेका व्यक्तित्वहरु आज मुलुकलाई हाकिरहेका छन् हरेक तह र तप्कामा उज्यालो दीप बाल्दै भोजपुरको शिर उच्च राख्नमा ठूलो टेवा पुर्‍याइरहेको यस समयमा गायन क्षेत्रलाई शीखरमा पुर्‍याउने जिम्मा मनोज थापा मगरको काँधमा सुम्पिएको छ ।

भोजपुरेले कुनै पनि विधामा हार्न जानेको हुँदैन र हार्दैन पनि भन्ने उदाहरण बनेका छन् मनोज । राष्ट्र हाक्ने व्यक्तित्व समेत जन्माइसकेको भोजपुरले आज हरेक पाटामा राम्रोसँग फड्को मारिरहेको छ । स्वरका धनी मनोज

नेपाल आइडलको लागि भोट माग्ने तरखरमा छन् हामी सबैले १ भोट दिएर उनलाई नेपाल आइडल बनाउन लागि परौं ।

एकराज भुजेलबाट

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्