Deshko News
१६ आश्विन २०८०, मंगलबार

सङ्घीय समाजवादीले पाँचथरमा लगायो उम्मेदवार टुङ्गो



पाँचथर, असार २

सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ ।

पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याएको हो, जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङवालाई उम्मेदवार बनाइएको छ ।

यस्तै, फालेलुङको अध्यक्ष पदमा जनम राई, उपाध्यक्ष पदमा सङ्गीता थाम्सुहाङ, याङवरकमा अध्यक्ष भरत राई र उपाध्यक्षमा सिर्जना सेलिङलाई उम्मेदवार बनाएको छ ।

यसैगरी, हिलिहाङ गापाको अध्यक्ष पदमा सुरेन्द्रप्रसाद सुहाङ, उपाध्यक्ष पदमा दिलमाँया लोवालाई उम्मेदवार बनाएको छ । यस्तै, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा रामकुमार तुम्याङ नेम्बाङ, उपाध्यक्षमा शान्ति लिम्बू आङदेम्बे, कुमायक गाउँपालिका उपाध्यक्षमा सूर्य साङपाङ, मिक्लाजुङको अध्यक्षमा सन्देश राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै, तुम्बेवामा भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन नसकिएको पार्टीका जिल्ला अध्यक्ष डिएम आङदेम्बेले बताउनुभयो ।

उम्मेदवारको घोषणापछि बोल्दै पार्टीका केन्द्रीय महासचिव रणध्वज कन्दङवाले अहिलेको सङ्घीय संरचनाप्रति आफ्नो पार्टीको विमति रहेता पनि आफ्नो पार्टी संवैधानिक पार्टी भएकाले जनतामा जानुपरेको बताउनुभयो । रासस

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News