Deshko News
१६ आश्विन २०८०, मंगलबार

श्रीमान जेलमा, श्रीमतीको घरमा रहस्यमय मृत्यु



पर्वत, असार २

जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् ।

बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछाने नेतृत्वको टोलीले मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल बेनीमा पठाएको छ ।

मृतक दर्जीका श्रीमान् झारफुक गर्ने बहानामा बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा गत वैशाख १४ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

आरोपित दमैले मृतक श्रीमती दर्जीको दाहसंस्कारमा जान पाउँ भन्ने आसयको निवेदन पेस गरेपछि पर्वत जिल्ला कारागारले प्रहरीको रोहबरमा उनलाई त्यहाँ पठाएको जिल्ला कारागारका जेलर प्रकाश पौडेलले जानकारी दिनुभयो ।

घटना के कारणले घटेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । रासस

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News