Deshko News
१६ आश्विन २०८०, मंगलबार

मुम्बई फिस्फोटन : विश्व कुख्यात डनसहित ६ जना विषेश अदालतद्वारा दोषी ठहर



नयाँ दिल्ली

भारतको मुम्बईमा २५० जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कबाद विरुद्धको विषेश अदालतले ठहर गरेको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सन् १९९३ मा आतङ्कबादीहरुले श्रीङखलाबद्ध विस्फोट गराएका थिए । दोषी ठहर हुनेमा आतङ्कबादी गतिविधि गरिरहेको विश्व कुख्यात ‘डन’ अबु सालेम पनि रहेका छन् । उनी भारतमा विस्फोट गराएपछि फरार भएका थिए ।

उनलाई सन् २००५ मा पोर्चुगलबाट फिर्ता ल्याइएको थियो भने अर्को दोषी ठानिएका मुस्ताफा दोसालाई युनाईटेड अरव इमरेट्सबाट ल्याइएको थियो । सालेम २० बर्ष पुरानो हत्याकाण्डमा दोषी ठहर भई भारतको ‘मस्ट वान्टेड’ सूचीमा रहेका र अहिले आजिवन जेल सँजाय भोगिरहेका दाउद इब्राहिमका सहयात्री हुन् । इब्राहिम भने मुम्बई बिस्फोटनसँग सम्बन्धित थिएनन् ।

विषेश अदालतले यस सम्बन्धि बाँकी घोषणा भने आगामी सोमबार गर्ने छ । इब्राहिम बाहेक घटनामा संलग्न अन्य दोषीहरु अहिले सम्म पनि फरार रहेका छन् ।

सन् १९९३ को मार्च १२ तारिखका दिन मुम्बईका विभिन्न ठाँउमा २५७ जनाको मृत्यु हुनेगरी छोटो समयमा विभिन्न स्थानमा श्रीङ्खलावद्ध रूपमा १३ वटा विस्फोट भएका थिए । ती विस्फोटनहरुमा परी कम्तीमा ७०० जना घाइते भएका थिए । रासस

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News