एनआरएन जापानको केन्द्रिय सदस्यमा मिलन कँडेलको उम्मेदवारी


 


जापान, असार ३
आगामी अक्टोबरमा हुने एनआरएन जापानको अधिवेशनमा मिलन कँडेलले खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन ।

आत्मबलका साथ संघर्ष गरौ आत्महत्या होइन भन्ने मुल नाराका साथ हुन लागेको अधिवेशनमा कँडेलले केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

वैदेशिक रोजगारीमा दिनहुँ बढेको आत्महत्यालाई रोक्नका लागि आफूले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कँडेले बताएका छन् ।

कँडेल जापानको कानसाइ क्षेत्र अन्तर्गत कोबेमा बसोबास गर्दे आएका छन् भने जापानको म्यानेजमेन्ट बिषय लिएर अध्ययन गरिरहेका छन् ।

उनि पहिले ओकिनवामा अध्ययन सकेर यो क्षेत्र आएका हुन्। आफू विद्यार्थी भएर पनि एनआएएन जापानको हरेक कार्यक्रम मा उपस्थित हुने कँडेलको दाबी छ ।

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्